मौसम पुर्वानुमान : केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना
काठमाडौं, माघ १४ : मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक र दुई ठाउँमा पानी....

काठमाडौं, माघ १४ : मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक र दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उनको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ । पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उनले बताए ।
यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरिकै मौसम बदली हुनेछ । मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए। बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने उनको अनुमान छ ।











