ओलीमाथि झापामा ढुंगामुढा गरी कार्यक्रम भाँड्ने कोसिस गरेको भन्दै आपत्ति

काठमाडाैं, वैशाख १३ : नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा गठबन्धनकै दलका कार्यकर्ताले ढुंगामुढा गरेर कार्यक्रम भाँड्ने कोसिस गरेको भन्दै आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले भद्रपुरबाट बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिर बसेका गठबन्धनका कार्यकर्ताले होहल्ला र ढुंगामुढा गरेर कार्यक्रम भाँड्ने कोसिस गरेको भन्दै आपत्ति जनाएका हुन्।
उनले विभिन्न बहानामा सत्ता पक्षले प्रतिपक्षलाई जिस्काउने काम गरेको आरोप लगाउदै प्रतिपक्षमा बसेर अन्यास सहनु पर्ने कुनै कारण नभएको जिकिर गरे।
उनले शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको भन्दै सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखे।
प्रकाशित मिति: १६:२८ बजे, बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)