संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत
बुधबारको राष्ट्रियसभा बैठकले संसदीय सुनुवाइ समितिका दागि तीन सांसद रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मालाई मनोनयन गरेको हो।
काठमाडौं, वैशाख १३ : संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाले तीन सांसदको नाम मनोनयन गरेको छ।
बुधबारको राष्ट्रियसभा बैठकले संसदीय सुनुवाइ समितिका लागि तीन सांसद रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मालाई मनोनयन गरेको हो।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएपछि त्यसमा सर्वसम्मत रुपमा सहमति जुट्न पुग्यो। शर्मा माओवादी केन्द्र, दाहाल एमाले र रायमाझी कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभा १२ र राष्ट्रियसभाका तीन सदस्य गरी १५ जना हुनेछन्।
प्रकाशित मिति: १५:१८ बजे, बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)