Kathmandu Press

समानुपातिक निर्वाचन प्रणाली खारेज गराैं : खिमलाल देवकाेटा

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था, समावेशी सहभागितालाई समेट्नुपर्नेम जोड दिएका हुन्।
समानुपातिक निर्वाचन प्रणाली खारेज गराैं : खिमलाल देवकाेटा

काठमाडौं, वैशाख १३ : राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले छुट्टै समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था, समावेशी सहभागितालाई समेट्नुपर्नेम जोड दिएका हुन्। उनले प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० मात्र बनाउनुपर्ने र छुट्टै समावेशी बनाउन नहुने उनको भनाइ थियो।

 ‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔं।’

उनले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीनपटक र पार्टीको नेतृत्व दुई कार्यकालभन्दा बढी हुन नमिल्ने व्यवस्था गर्नुपर्ने पनि बताए।सार्वजनिक संस्थान र संवैधानिक निकायजस्ता ठाउँहरुमा पार्टी कार्यकर्ता भर्ना गर्ने कार्य रोकिनुपर्ने आवाज पनि उनले उठाए। अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय भागबन्डालगायतका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी कार्यकर्ता भर्ना गर्ने काम बन्द गर्नुपर्ने उनकाे भनाइ थियाे।

‘नागरिकका समस्या र गुनासाहरु तत्कालै सम्बोधन हुने संयन्त्र निर्माण गरौं,’ उनले भने, भ्रष्टाचार निवारणका लागि अभियान चलाऔं।'

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्