Kathmandu Press

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) मा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बागलुङ, वैशाख १३ : जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन्। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्नेछन् । वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) मा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। यी सबै दिन सार्वजनिक बिदा छन्।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ। पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए। फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री, फागुन २८ ग्याल्पो ल्होसार÷बकर इदका दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ। 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, पर्यटन बोर्ड, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरीनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत् वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिबारबाहेकका सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाहका लागि निर्देशन दिइएको बरालले बताए।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्