Kathmandu Press

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडाैं, वैशाख १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रूसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराएका थिए।

यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्