Kathmandu Press

दलहरूले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसलगायतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाइ गरेपछि त्यसको असर समिति गठनमा परेको हो।
दलहरूले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ

काठमाडौं, वैशाख १३ : प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलब्ध नगराएपछि समिति गठनमा ढिलाइ हुने भएको छ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसलगायतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाइ गरेपछि त्यसको असर समिति गठनमा परेको हो।

कांग्रेसलगायतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन्। परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केही दलले समय मागेको बताए।

संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सदनमा पेस गर्ने विषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस विषयमा पुनः छलफल हुने जानकारी दिए।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदीय समिति गठनका विषयमा यसअघि दलहरुबीच भएको सहमतिकै आधारमा समितिलाई पूर्णता दिने विषयमा छलफल भएको र चाँडोभन्दा चाँडो यसलाई टुंगाेमा पुर्‍याउने बताए।

बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउन संसदीय समितिमा रहनेहरुको नाम बिहीबारसम्म बुझाउन आग्रह गरेका थिए।

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्