देशलाई सही दिशामा डाेर्याउन एउटा राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक : पाेखरेल
देशलाई सही दिशामा डाेर्याउन मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
काठमाडौं, वैशाख १३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश गलत दिशातर्फ लागिरहेकाले एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा आज (बुधबार) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देशलाई गलत दिशातर्फ लगिएकाले आज हामी जटिल अवस्था छौं, त्यसलाई ध्यानमा राखेर एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ। राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई केन्द्रमा राख्नु जरुरी छ।’
देशलाई सही दिशामा डाेर्याउन मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘राष्ट्रलाई सही दिशातिर लान मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउनु जरुरी छ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाए। ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ,’ उनले भने, ‘जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ।’











-1784808429.png)