‘विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ’
प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताए।
काठमाडौं, वैशाख १३ : प्रधानमन्त्री पुष्पकमल दाहालले विकासले मात्र जनतालाई सन्तुष्ट गर्न नसक्ने बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो समय विकासले मात्र जनाता सन्तुष्ट नभएको आफूले महसुस गरेको बताएका छन्।
प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताए।
उनले भने, ‘गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’
प्रधानमन्त्री दाहालले नेपालमा नकारात्मक कुराको प्रचार हाबी भएको बताए। उनले हरेक कुरामा नकारात्मकताको मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पार्ने पनि उनले बताए ।
उनले सकारात्मक कुरा नदेख्ने प्रवृत्ति हाबी हुँदा जनताको मनोबल, आत्मबल र विश्वासलाई कमजोर पार्ने र देख ठूलो दुर्घटनातिर जाने खतरा हुने बताए।











-1784808429.png)