Kathmandu Press

लुम्बिनीमा सरकार गठनका लागि आव्हान

परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेका छन्।
लुम्बिनीमा सरकार गठनका लागि आव्हान

दाङ, वैशाख १२ : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरिएको छ।  प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि मंगलबार साँझ आव्हान गरेका हुन्।

उनले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्नका लागि वैशाख १४ गतेसम्मको समय दिएका छन्।

सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन असफल भएका थिए। नयाँ सरकारका लािग एमाले र सत्ता गठबन्धन दुवैले दाबी गरेका थिए। एमालेले ठूलो दलको आधारमा पुनः सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको थियो भने कांग्रेसले बहुमतको सरकारको दाबी गरेको थियो।

त्यसपछि प्रदेश प्रमुख शेरचनले कानुनी परामर्शपछि बहुमतको सरकार गठनको आव्हान गरेका हुन्।  परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेका छन्।

यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन्। अब गिरी नै नयाँ मुख्यमन्त्री बन्ने छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन् ।

 

प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्