Kathmandu Press

मंगलबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको गरेको मन्त्री ज्वालले जानकारी दिए।
मंगलबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?
फाइल तस्बिर।

काठमाडौं, वैशाख १२ : सरकारले काठमाडौं तराई मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत केही स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तीका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र अब छिट्टै नै जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो।

त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको गरेको मन्त्री ज्वालले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धीत समितिमा छलफलका लागि पठाउने निर्णय गरेकोको छ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्