Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षसहितको टोली स्वदेश फर्कियो

भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्कीलगायतसँग महत्वपूर्ण छलफल भएको बताए।
राष्ट्रिय सभा अध्यक्षसहितको टोली स्वदेश फर्कियो

काठमाडौं, वैशाख १२ : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसद्हरुको टोली रुसको औपचारिक भ्रमण गरी मंगलबार स्वदेश फर्किएको छ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले रुस भ्रमण फलदायी भएको बताए। उनले भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्कीलगायतसँग महत्वपूर्ण छलफल भएको बताए।

दुई देशका संसदबीचको सहकार्यलगायत नेपालको पूर्वाधार निर्माणका विषयमा पनि भ्रमण महत्वपूर्ण भएको उनले बताए । उनले रुसको सहयोगमा निर्माण भएको कान्तिबाल अस्पतालको स्तरोन्नती गर्न पनि रुस सकारात्मक देखिएको बताए।

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्