Kathmandu Press

क्यानडा र सिंगापुर पठाइदिन्छु ठगी गर्ने दुई जना पक्राउ

क्यानडा र सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विपना कुँवर र ओमनाथ मैनालीलाई प्रहरीले छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको छ।
क्यानडा र सिंगापुर पठाइदिन्छु ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, वैशाख १२ : क्यानडा र सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको छ।

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि क्यानडामा वेटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी जम्मा ९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।  

यस्तै, सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि सिंगापुरमा होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उनलाई प्रहरीले बबरमहलबाट पक्राउ गरेको हो।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।  

 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्