Kathmandu Press

राष्ट्रपतिको स्वास्थ्य क्रमिक सुधार हुँदै

राष्ट्रपतिको कार्यालयका अनुसार राेगसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जनाएको छ।
राष्ट्रपतिको स्वास्थ्य क्रमिक सुधार हुँदै

काठमाडौं, वैशाख १२ : भारतमा उपचार गराइहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार राेगसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जनाएको छ।

एन्टिबायोटिकका कारण शारीरिक रुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्था छ भएकाे बताइएकाे छ।

राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार गराइरहेका छन् ।
 
प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्