Kathmandu Press

समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता रद्द गर्न सरकार पछि नपर्ने चेतावनी दिए।
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

काठमाडौं, वैशाख १२ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा काम सम्पन्न नगर्नेको ठेक्का रद्द गर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता रद्द गर्न सरकार पछि नपर्ने चेतावनी दिए।

उनले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पु¥याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पु¥याउन सरकार तयार रहेको बताएका छन्।

मन्त्री ज्वालाले काठमाडौंको कोटेश्वरमा ‘फलाइओभर’ निर्माण गर्ने तथा उपत्यकाका अरु केही स्थानमा देखिएको यातायातको चाप व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख गरे।

कर्णालीको सदरमुकासँग राष्ट्रिय सडक सञ्जाल जोड्न तीव्रताकासाथ नेपाली सेनाले काम गरिरहेको बताउँदै मन्त्री ज्वालाले जनकपुर क्षेत्रका सडक र कमला पुलको पुन डिजाइनको काम गर्ने कार्य भइसकेकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गरिने उल्लेख गरे।

यस्तै, उनले मुग्लिन–पोखरा सडक खण्डको केही क्षेत्रको काम तीव्ररुपमा अघि बढेपनि केही क्षेत्रले अझै गति लिन नसकेको जानकारी दिँदै ओखलढुङ्गा र खोटाङ जिल्लाका सडकलाई पनि प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए।

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्