ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको संघीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराए।
काठमाडौं, वैशाख १२ : राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको संघीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराए।
सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराएका हुन्।
प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)