Kathmandu Press

लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवास्था लागू गर्ने सरकारको तयारी

लाइसेन्स प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्ने हालको व्यवस्था झन्झटिलो भएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था लागू गर्ने तयारी भएको बताए।
लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवास्था लागू गर्ने सरकारको तयारी

काठमाडौं, वैशाख १२ : सरकारले ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीरकण गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

लाइसेन्स प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्ने हालको व्यवस्था झन्झटिलो भएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था लागू गर्ने तयारी भएको बताए।

'पाँच वर्षमा नवीरकण गर्ने छिटो र झन्झटिलो हुने भएकाले १० वर्षमा नवीरकण गर्ने कानुनी व्यवस्था नै अगाडि बढाएका छौं। यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,’ मंगलबार प्रतिनिधिसभा बैठमा संसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले भने।

सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताउँदै उनले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने विकल्प राखिने पनि बताए ।

मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए।

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्