Kathmandu Press

प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डाबारे संसदमा प्रतिपक्षको प्रश्न

‘बोलाउनेले सम्मानसाथ बोलाए मात्रै प्रधानमन्त्रीले गरिमासाथ जानु राम्रो हुन्छ। संसद् चलिरहँदा पनि भारत भ्रमणका एजेन्डाको विषय अखबारमा पढ्नुपरेको छ।’
प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डाबारे संसदमा प्रतिपक्षको प्रश्न

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको मिति र एजेन्डाबारे संसदमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न गरेको छ।

मंगलबारको संसदमा विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाका बारेमा संसदमा छलफल हुनुपर्ने बताए । उनले प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नका लागि शपथ लिएदेखि नै चाहेको तर निश्चित भइनसकेको पनि बताए ।

उनले भारतले सम्मानसाथ भ्रमणको निम्ता दिएपछि एजेन्डाबारे छलफल गरेर प्रधानमन्त्री भ्रमणमा जार्नुपर्ने बताए। उनले भने, ‘बोलाउनेले सम्मानसाथ बोलाए मात्रै प्रधानमन्त्रीले गरिमासाथ जानु राम्रो हुन्छ। संसद् चलिरहँदा पनि भारत भ्रमणका एजेन्डाको विषय अखबारमा पढ्नुपरेको छ।’

सांसद पन्तले प्रधानमन्त्रीको विदेश भ्रमणजस्तो महत्वपूर्ण विषयमा संसदभित्र छलफल हुनुपर्ने बताए। उनले प्रधानमन्त्री दाहालको भारत भ्रमण हाम्रा लागि महत्वपूर्ण भएको भन्दै  भ्रमण मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि दिए।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सार्क सम्मेलन गर्नेबारे, भारतले नेपाललाई हवाइ रुट दिन गरेको आनाकानीबारे, गोरखा भर्तीबारे, सन् १९५० को सन्धी संशोधनबारे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन दुवै देशले बुझ्नेबारे कुरा गर्नुपर्ने पन्तको भनाइ छ ।

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्