Kathmandu Press

सहकारी तथा लघुवित्तको समस्या समाधानमा सरकारले ध्यान दिएन : सांसद आचार्य

प्रतिनिधिभासको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताए।
सहकारी तथा लघुवित्तको समस्या समाधानमा सरकारले ध्यान दिएन : सांसद आचार्य

काठमाडौं, वैशाख १२ : नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधानमा ध्यान नदिएको बताएका छन्।

प्रतिनिधिभासको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताए।

रुपान्तरणकारी आयोजनाको निर्माण गर्न तोकिएको भन्दा धेरै समय लाग्दा राजस्व सिर्जनाको वातावरण नबनेको भन्दै उनले त्यस्ता परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए।

यस्तै, सांसद अशोककुमार चौधरीले बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले श्रम बेचेर कहिलेसम्म देशको अर्थतन्त्र धान्ने हो भन्दै उनले रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग  गरे।

राप्रपाका सांसद विक्रम पाण्डेले चितवनका जनताले बर्सेनि बाढीको जोमिख व्यहोर्दै आएकाले नारायणी तथा राप्ती नदीको तटबन्ध कार्यक्रमलाई छिटो सम्पन्न गर्न आग्रह गरे। उनले आउने वर्षामा पश्चिम चितवन र माडी जोखिममा रहेकाले समयमै साधन स्रोतको व्यवस्था गरी आधुनिक तटबन्धन गराउन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्