Kathmandu Press

अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौं : सांसद गुरूङ

प्रतिनिधिसभा विशेष समयमा बोल्दै उनले मुलुक आर्थिक महासंकटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए।
अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौं : सांसद गुरूङ

काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसका सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएमा छन्।

प्रतिनिधिसभा विशेष समयमा बोल्दै उनले मुलुक आर्थिक महासंकटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए।

‘सत्ता र प्रतिपक्षको भाव बोकेर होइन, एक ठाउँमा बसेर काम गर्नुपर्छ’, उनले भन, ‘समाधानको उपाय खोज्नुपर्छ, पुँजीगत खर्च कटौती गर्न खोजिएको आभाष भएको छ, पुँजीगत खर्च कटौती गरेर मुलुकलाई उभोगतितर्फ लैजान सकिँदैन।’

वन व्यवस्थापन कार्यविधि बनाएर वन जंगलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई टेवा दिनुपर्ने जनाउँदै उनले नेपालमा उपलब्ध निकासीजन्य वस्तुलाई यो अवस्थामा प्रयोग नगरे कहिले गर्ने ? भन्दै प्रश्न गरे।

भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्