शिक्षा र स्वास्थ्यमा बजेट बढाउन कांग्रेस सांसदको माग
बजेटमा पछि परेका वर्ग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, बजेट सन्तुलित बनाउन पर्नेमा सांसदहरुले जोड दिएको गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
काठमाडाैं, वैशाख १२ : नेपाली कांग्रेसका सांसदहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउन माग गरेका छन्। आगामी आर्थिक पर्षको बजेटका विषयमा कांग्रेसले गरेको छफलमा उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउन सुझाव दिएका हुन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार र मंगलबार दुई दिन बसेको संसदीय दलको बैठकमार्फत कांग्रेसले बजेटका बिषयमा सुझाव संकलन गरेको छ।
बजेटमा पछि परेका वर्ग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, बजेट सन्तुलित बनाउन पर्नेमा सांसदहरुले जोड दिएको गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
त्यस्तै कांग्रेस सांसदहरुले सांसद विकास कार्यक्रममा जोड दिएका थिए भने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेकाले बजेटका सिद्धान्त र प्राथमिकताका साथै आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने बताएको लेखकले जानकारी दिए।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको उनले बताए।











-1784808429.png)