Kathmandu Press

बारा २ मा अग्रता फराकिलो बनाउँदै यादव

पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग चार हजार आठ सय १३ मतान्तरसहित अग्रता लिइरहेका छन् ।
बारा २ मा अग्रता फराकिलो बनाउँदै यादव

बारा, वैशाख १२ : बारा २ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग चार हजार आठ सय १३ मतान्तरसहित अग्रता लिइरहेका छन् ।

यादवले १५ हजार एक सय ८३ मत ल्याएका छन् भने कुशवाहले १० हजार तीन सय ७० मत पाएका छन्।

तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत पाएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्