सांसद कोइरीलाई किन काबराही गरिएन : रास्वपा सांसद् डाँगी
मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद डाँगीले सदनका कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई अनुपस्थित भएका हुन त्यसको जानकारी सदनलाई गराउन सभामुख घिमिरेलाई आग्ह गरिन्।
काठमाडौं, वैशान १२ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन्।
मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद डाँगीले सदनका कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई अनुपस्थित भएका हुन त्यसको जानकारी सदनलाई गराउन सभामुख घिमिरेलाई आग्ह गरिन्।
‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ,’ उनले भनिन्।
संविधानतः निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उनले स्मरण गराइन्।
प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)