Kathmandu Press

निरा पाण्डे आचार्यको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन

हत्या भएको एक साता पुग्न लाग्दा पनि दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै परिवारजनले हत्यारालाई सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने भन्दै कपनमा प्रदर्शन गरेका हुन्।
निरा पाण्डे आचार्यको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन

काठमाडौं, वैशाख १२ : काठमाडौंको कपनमा निरा पाण्डे आचार्यको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै उनका आफन्तजनले प्रदर्शन गरेका छन् ।

हत्या भएको एक साता पुग्न लाग्दा पनि दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै परिवारजनले हत्यारालाई सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने भन्दै कपनमा प्रदर्शन गरेका हुन्।

342706504_183147824629341_9076462119282870267_n1682410904.jpg

उनीहरुले निराको हत्या रहस्यमय रहेको भन्दै त्यही अनुसार अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले हत्यारालाई पत्ता लगाउ, हत्यारा चाडो सार्वजनिक गर, हाम्रो माग पुरा गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

वैशाख ७ गते काठमाडौंको कपन सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्