Kathmandu Press

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनको आव्हान

प्रदेश प्रमुख गुरुङले कानुनी परामर्शपछि संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न मंलबार आव्हान गरेका हुन्।
गण्डकी प्रदेशमा बहुमतको सरकार गठनको आव्हान

कास्की, वैशाख १२ : गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आव्हान गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले कानुनी परामर्शपछि संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न मंलबार आव्हान गरेका हुन्।

गत शनिबार खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन असफल भएपछि नयाँ सरकार गठको आव्हान भएको हो।

सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ । गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगो नलाग्दा सरकार गठनका लागि ढिला भएको थियो ।

केन्द्रमा दुई दलबीच आलोपालो गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनौपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको बताइएको छ।

प्रकाशित मिति: १३:५० बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्