Kathmandu Press

ढाकाकुमार सांसद पद खारेज

सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको जानकारी गराउने छन्। सोसँगै सांसद् पद रिक्त हुने छ।
ढाकाकुमार सांसद पद खारेज

काठमाडौं, वैशाख १२ : ढाकाकुमार श्रेष्ठको सांसद् पद खारेज हुने भएको छ। सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको जानकारी गराउने छन्। सोसँगै सांसद् पद रिक्त हुने छ।

प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने कार्यसूची तय भएको छ। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्य र साँसद नरहने गरी कारबाही गरेको थियो।

सभामुख घिमिरेले संसद वैठकमा संसद सचिवालयमा प्राप्त सूचनाबारे जानकारी गराउँदै छन्। सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगबाट कंशाकारलाई सांसद नियुक्तीको बाटो खुल्ने छ। रास्वपाले श्रेष्ठको स्थानमा विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।
 

 

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्