४२ हजार मतान्तरसहित चितवन २ मा रवि विजयी
रविले खसेको मतको ६९ प्रतिशत मत प्राप्त गरे। ७८ हजार २७७ मत खसेकोमा रविले ५४ हजार१७६ मत प्राप्त गरे। उनले मंसिर ४मा भएको निर्वाचन भन्दा झण्डै ५ हजार बढी मत प्राप्त गरेका छन्।
चितवन, वैशाख १२ : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभपाति रवि लामिछाने ठूलो मतान्तरसहित विजयी भएका छन्। रवि ४२ हजार ९६२ बढी मतान्तरले विजयी भए।
रविले खसेको मतको ६९ प्रतिशत मत प्राप्त गरे। ७८ हजार २७७ मत खसेकोमा रविले ५४ हजार १७६ मत प्राप्त गरे।
नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनका गराएको हो। अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि रविले यो पटक मंसिर ४ भन्दा ४ हजार ९१२ मत बढी ल्याए।
दोस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे।
प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











