बारामा मतान्तर बढाउँदै उपेन्द्र यादव
यादवले शीर्ष स्थानमा ४ हजार ५७३ मतको अग्रता कायम गरेका छन्। यादवले् १३ हजार ८०४ मत ल्याउँदा कुशवाहले ९ हजार २३१ मत ल्याएका छन्।
बारा, वैशाख १२ : जनता सामाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलेमा बारामा मतान्तर बढाउँदै लगेका छन्।
सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा सुरुआतमा जनतम पार्टीका शिवचन्द्र कुशवाह पछि परेका यादवले त्यसपछि लगातार अग्रता कायम गर्दै मतान्तर बढाउँदै लगेका छन्।
अहिलेको ताजा परिणाम अनुसार यादवले शीर्ष स्थानमा ४ हजार ५७३ मतको अग्रता कायम गरेका छन्। यादवले् १३ हजार ८०४ मत ल्याउँदा कुशवाहले ९ हजार २३१ मत ल्याएका छन्।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेले ४ हजार ५७७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ३१ मत ल्याउँदा आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ५८६मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











