Kathmandu Press

राष्ट्रपतिले उद्घाटन गरेको यतिको मस्कट विवादमा

काठमाडौं, माघ १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण २०२० को अवसरमा उद्घाटन गरेको यतिको मस्कट विवादमा परेको छ।

नेपाल भ्रमण वर्ष सच....

राष्ट्रपतिले उद्घाटन गरेको यतिको मस्कट विवादमा

काठमाडौं, माघ १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण २०२० को अवसरमा उद्घाटन गरेको यतिको मस्कट विवादमा परेको छ।

नेपाल भ्रमण वर्ष सचिवालयले भ्रमण वर्षको प्रवद्र्धनका लागि भन्दै तयार गरेको मस्कट राष्ट्रपति भण्डारीले जनवरी १ मा उद्घाटन गरेकी थिइन्।

दशरथ रंगशालामा भण्डारीले उद्घाटन गरेको यतिको मस्कटमा विभिन्न देविदेवताको मूर्ति बनाइएको भन्दै विरोध सुरू भएको हो। यतिको मस्कटप्रति सम्पदा क्षेत्रका व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौं महानगरपालिका–६ का वडाअध्यक्ष दिपेन्द्र लामाले विज्ञप्ति जारी गरी विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुपा परिसरमा काल्पनिक यतिको मस्कट बनाएर धार्मिक आस्थाको प्रतिक मूर्ति चित्र बनाइएकोमा आपत्ति जनाएका छन्। उनले यतिको मस्कटमा विदेशी पर्यटकहरूमा समेत भ्रम सिर्जना हुने देखिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। 

‘नेपालको संविधानको धारा १७ (२) को १ ले समेत जातजाती, धर्म, सम्प्रदायवीच सु–सम्बन्धमा खलल पर्ने खालका क्रियाकलाप गर्न प्रतिबन्धित गरेकोले नेपाल भ्रमण वर्ष २०२० प्रति सम्पूर्ण नेपालीको समर्थन र ऐक्यबद्धताका साथ यसको प्रचार शैलीप्रति आपत्ति रहेकाले अब उप्रान्त प्रचार प्रसार गर्दा धार्मिक, सांस्कृतिक आस्थाप्रति आघात नपुग्ने गरी गर्न सम्बन्धित निकायप्रति यस वडा समिति माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले पनि यतिको मस्कटप्रति आपत्ति जनाए। उनले धार्मिक आस्थाका प्रतिक देवी–देवताका मूर्ति  चित्र बनाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए।

‘मस्कटमा कुँदिएका कलाकृतिले नेपालको धर्म, संस्कृति, परम्परा र इतिहासलाई झल्काउँछन्। पिठ्यूँपट्टि अशोभनीय रूपमा गौतम बुद्ध, जीवित देवी कुमारी, भैरवको चित्र बनाएर धर्म, संस्कृतिको मर्ममा प्रहार गरेको छ,’ उनले भने।

भ्रमण वर्ष उद्घाटनका दिन राष्ट्रपतिले २० वटा मस्कटको मात्र उद्घाटन गरेकी थिइन्। भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले ‘यति शान्तिको प्रतिक नेपाली ब्राण्ड’ भएको बताए। 

उनले यतिको प्रर्वद्धनका लागि सचिवालयले मस्कट निर्माण गरेको बताए। सचिवालयले १ सय ८ वटा यतिका मस्कट बनाएर देशका मुख्य पर्यटकीय स्थल, विमानस्थल, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, युनेस्को सूचीमा रहेका सांस्कृतिक तथा पुरातात्विक महत्वका स्थानमा राखेको छ। 
 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्