Kathmandu Press

जितकाे प्रमाणपत्र बुझ्दै स्वर्णिमले भने– तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु

निर्वाचित भएको प्रमाणपत्र लिँदै उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने बताए।
जितकाे प्रमाणपत्र बुझ्दै स्वर्णिमले भने– तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु

तनहुँ, वैशाख १२ : तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

आज सम्पन्न मतगणनाअनुसार स्वर्णिम ३४ हजार ९११ मत प्राप्त गरी विजयी भए। निर्वाचित भएको प्रमाणपत्र लिँदै उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने बताए।

उनले भने, ‘तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन दिने छैन । जनताका अपेक्षा न्याय गर्नेछु।’ उनले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने पनि बताए ।

नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने उनले भनाई थियो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास सम्भव भएको बताए।

 

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्