चितवन २मा रविको जित निश्चित, कांग्रेस उम्मेदवार जीतनारायणले दिए बधाई
उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा राम्रा काममा सहयोग रहने बताएका छन्।
चितवन, वैशाख १२ : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। फराकिलो अग्रतासहित ५० हजार मत कटाएपछि रविको जित निश्चित भएको हो।
रविले ४१ हजार बढी मतको अग्रता बनाएका छन्। रविले ५० हजार २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतनारायाण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै, एमालेलेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन्।
यस्तै, रविको जित निश्चित भएपछि कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले रविलाई बधाइ दिएका छन् । मंगलबार बिहान मतगणना स्थलमा पुगेर जीतनारायाणले रविलाई बधाइ दिएका हुन्।
उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा राम्रा काममा सहयोग रहने बताएका छन्।
प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











