Kathmandu Press

बारा २ मा जसपाका यादवको अग्रता कायमै, रास्वपाका खरेल चौथो स्थानमा 

पछिल्लो मतपरिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् ।
बारा २ मा जसपाका यादवको अग्रता कायमै, रास्वपाका खरेल चौथो स्थानमा 

बारा, वैशाख १२ : बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन्  ।

पछिल्लो मतपरिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् । 

रास्वपाले चितवन र तनहुँमा सानदार मत पाउँदैं गर्दा यस स्थानमा खासै आकर्षण देखिएको छैन् । रास्वपाका खरेल एक हजार १७४ मतसहित चौथो स्थानमा परेका छन् । 

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्