Kathmandu Press

भट्टराईले दिए वाग्लेलाई बधाई, रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहिरहने प्रतिवद्धता

उनले भने, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’
भट्टराईले दिए वाग्लेलाई बधाई, रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहिरहने प्रतिवद्धता

काठमाडौं, वैशाख १२ : तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्।

वाग्ले निर्वाचित भएसँगै भट्टराईले बधाई दिएका हुन् । ‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो,’ उनले भने, ‘र, संयोगले तपाईं निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो।’ भट्टराईले पदको सपना नदेखे पनि आफूले तनहुँ १ को विकासमा निरन्तर खटेको पनि बताएका छन्।

‘तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ। मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु,’ उनले भने, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’

मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि उनले वाग्लेलाई आग्रह गरेका छन्।

वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए।

प्रकाशित मिति: ०७:३७ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्