Kathmandu Press

चितवन-२ मा रास्वपाका रवि लामिछानको जीत सुनिश्चित, कसको कति मत ?  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०७ मतगणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार अब करिब २२ हजार मतगणना हुन बाँकी छ ।
चितवन-२ मा रास्वपाका रवि लामिछानको जीत सुनिश्चित, कसको कति मत ?  

काठमाडौं, वैशाख १३ : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको जीत नजिक छन् । यस क्षेत्रमा अब गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत निश्चित भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०७ मतगणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार अब करिब २२ हजार मतगणना हुन बाँकी छ । जसमा रविले ४० हजार ६९ मत प्राप्त गरेका छन् । 

उनले निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३३ हजार ३८८ मतान्तरले पछि पारेका छन् । श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत पाएका छन् ।

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्