Kathmandu Press

तनहुँ १ मा फराकिलो मतान्तरसहित रास्वपाका वाग्ले निर्वाचित 

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे ।
तनहुँ १ मा फराकिलो मतान्तरसहित रास्वपाका वाग्ले निर्वाचित 

काठमाडौं, वैशाख १२ : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे ।

यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो । ०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्