Kathmandu Press

उपनिर्वाचन मतगणना अपडेट : स्वर्णिम जित नजिक, मतान्तर बढाउँदै रवि, उपेन्द्र पनि अघि

तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतालाई कायम राखिरहेको छ भने पनि बारा २ मा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विस्तारै अग्रता बढाइरहेका छन्।
उपनिर्वाचन मतगणना अपडेट : स्वर्णिम जित नजिक, मतान्तर बढाउँदै रवि, उपेन्द्र पनि अघि

काठमाडाैं, वैशाख ११ : प्रतिनिधिसभाका रिक्त तीन सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनको मतगणना पनि आइरहेका छन्।

तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतालाई कायम राखिरहेको छ भने पनि बारा २ मा भने जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले झिनो मतले अग्रता लिइरहेका छन्।

तनहुँ १

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले फराकिलो बनाउँदै जित नजिक पुगेका छन्। सुरुआतदेखि नै अग्रता बनाएका उनले १२ हजार बढी मतको अग्रता बनाएका छन्। स्वर्णिमले अहिलेसम्म ३०२०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १७,४४०  मत ल्याएका छन्। यस्तै, एमालेका सर्वोन्द्र खजानले ७,९८८ मत प्राप्त गरेका छन्।

तनहुँ १ मा ६३ हजार ७ सय ५७ मत खसेको छ।    

चितवन २

चितवन २ रास्वपा सभापति रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। अहिले सम्मको मतपरिणाम अनुसार रविले अन्य दुई प्रतिस्पर्धीभन्दा दोब्बर बढीको अग्रता बनाएका छन्।

रविले १५८७४ मत प्राप्त गर्दा सुरुआतदेखि नै तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठ ४१४५ मत ल्याउँदै दोस्रोमा आएका छन्। यस्ते, एमालेका रामप्रसाद न्यौपाने ३,९९९ मत ल्याएका छन्। ्

चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहेकोमा ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ।

बारा २

बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विस्तारै अग्रता बढाउँदै लगेका छन्। प्रारम्भिक मतपरिणाम जनमत पार्टीका शिवचन्द्र कुशवाहसँग टक्कर रहेका उपेन्द्र अहिले झण्डै हजार मतले अगाडि छन्।

उपेन्द्रले ४७१७ मत प्राप्त गर्दा शिवचन्द्रले ३८४३ मत ल्याएका छन्। यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १९६७ र रास्वपाका रमेश खरेलले ७५२ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति: ००:५४ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्