फ्लाई दुबईले भन्यो- विमानमा चरा ठोक्किएकाे थियाे, विमान सुरक्षित दुबई आउँदै छ
फ्लाई दुबईले सामाजिक सञ्जालमार्फत काठमाडौंबाट उड्नै वित्तिकै विमानमा चरा ठोक्किएर इन्जिनम आगो लागेको जनाएको छ।
काठमाडौं, वैशाख ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको फ्लाई दुबईले जनाएको छ। उसले सामाजिक सञ्जालमार्फत काठमाडौंबाट उड्नै वित्तिकै विमानमा चरा ठोक्किएर इन्जिनम आगो लागेको जनाएको छ।
'फ्लाइ दुबईका प्रवक्तास् काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो,' दुबई मिडिया अफिसको फेसबुक पेजमा भनिएको छ।
यस्तै, उडानको आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेपछि विमान सामान्य अवस्थामा दुबईतर्फ आउँदै गरेको जनाएको छ।
राति ९ः२१ बजे काठमाडौंबाट उडेको फ्लाई दुबईको विमान लगत्तै इमाडोल क्षेत्रको आकाशमा आगो देखिएको थियो । त्यसपछि विमान आकस्मिक अवतरणको प्रयास भएको थियो। त्यहीँ केहीबेर विमान फन्को लगाएको थियो । त्यसपछि विमानको इन्जिन सामान्य रहेको जानकारी पछि विमान दुबईतर्फ उडेको थियो।
विमानमा १६८ यात्री र ७ जना चालक दलका सदस्य गरि १७५ जना सवार थिए।











