Kathmandu Press

दुबई उडेको विमानमा आगलागी, स्थानीय भन्छन्– प्लेन आकाशमा निकैबेर घुम्यो, ठूलो आवाज आयो [भिडियाे]

‘केही पड्कोजस्तो आवाज आएपछि छतमा गएर हेर्दा आगो लागिरहेको जहाज आकाशमा फन्को मारिरहेको थियो,’ स्थायनीय सुप्रिय लइटेलले भनिन् ।
दुबई उडेको विमानमा आगलागी, स्थानीय भन्छन्– प्लेन आकाशमा निकैबेर घुम्यो, ठूलो आवाज आयो [भिडियाे]

काठमाडौं, वैशाख ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको  इञ्जिनमा आगलागी भएको छ।

फ्लाइ दुबईको जहाजको इन्जिन फेल भएर आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

विमान उडेको केहीबेरमै इञ्जिन फेल भएपछि इन्जिनमा आगलागी भएको र विमान अवतरण गर्ने तयारी भइरहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आगलागी भएपछि इमाडोल आसपास विमानले निकैवेर फन्को मारेको र ठूलो आवाज समेत सुनिएको स्थायनीय सुप्रिया लइटेलले काठमाडौं प्रेसलाई बताइन्।

‘केही पड्कोजस्तो आवाज आएपछि छतमा गएर हेर्दा आगो लागिरहेको जहाज आकाशमा फन्को मारिरहेको थियो,’ उनले भनिन् ।

उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति: २१:४५ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्