विपद व्यवस्थापनमा अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन गृहमन्त्रीकाे निर्देशन
उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रीत नगरी दिर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाव दिए। श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नपर्नेमा जोड दिए।
काठमाडाैं, वैशाख ११ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको 'विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि अभ्यास'सम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले विपद व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रीत नगरी दिर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाव दिए। श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नपर्नेमा जोड दिए। पुननिर्माण र पुनःस्थापनामा प्राधिकरणसँगै शहरी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाको भनाइ छ।
कार्यक्रममा बिज्ञहरुले प्राकृतिक जोखिमका हिसावले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सवै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए।











