Kathmandu Press

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित गरिने, टिआरसी माथि छलफल गर्न विशेष समिति

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूले पछिल्लो गतिरोध अन्त्य गर्ने सहमति गरेका छन्।
संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित गरिने, टिआरसी माथि छलफल गर्न विशेष समिति

काठमाडौं, वैशाख ११ : तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूले पछिल्लो गतिरोध अन्त्य गर्ने सहमति गरेका छन्।

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) माथि छलफल गर्न विशेष समिति बनाउने सहमति पनि जुटेको छ।

शीर्ष नेताहरुको छलफलमा सहभागी एमालेका एक नेताका अनुसार विशेष समिति १५ सदस्यीय बनाइनेछ। सत्तारुढ गठबन्धनमा रहेका दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न चाहे पनि एमालेले विरोध जनाउँदै आएको थियो। एमालेले संसदीय समितिमा छलफल भएपछि मात्र त्यसलाई पारित गनुपर्ने अडान राखेको थियो।

स्रोतका अनुसार एमालेको अडानबमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति भएको छ। एमालेले दुई विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ। त्यस्तै एमालेले संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ सदस्यमध्ये कांग्रेस बराबर ४ सदस्य पाउने भएको छ।

त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ। १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्