मुहूर्तसँगै सुरु भयो लक्ष्मण सुवेदीकाे ‘सतीदेवी’को छायाँकन

काठमाडाैं, वैशाख ११ : पत्रकार लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’को छायाँकन सुरु भएको छ। सोमबार भद्रकाली मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो।
लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा मालिका महत, भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सुजिता सिवाकोटीलगायतको अभिनयन रहनेछ।
फिल्ममा बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको द्वन्द्वनिर्देशन रहने छ। दीपक शर्मा र सुभाष भुषालको संगीत रहने फिल्म सुवेदीले निर्माण गरेका हुन्।

सोमबार साँझसम्म काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट लम्जुङ जाने निर्देशक सुवेदीले जानकारी दिए। उनले सुटिङ ३० दिनमा सकिने बताए ।
लामो समय चलचित्र पत्रकारिता गरेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका थिए।


प्रकाशित मिति: १६:३२ बजे, सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












