Kathmandu Press

बारा २मा शिवचन्द्रलाई झिनाे मतकाे अग्रता, पछाडि परे उपेन्द्र यादव

कुशवाहले अग्रता लिने क्रममा ११४६ मत पाएका छन्। यादवले १११७ मत पाएका छन्।
बारा २मा शिवचन्द्रलाई झिनाे मतकाे अग्रता, पछाडि परे उपेन्द्र यादव

बारा, वैशाख ११ : बारा २ मा उपनिर्वाचनको मतगणना जारी छ। त्यहाँ जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिइरहेका छन्।

प्रारम्भिक परिणाम सार्वजनिक हुँदा अघि रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई उछिनेर उनी अगाडि लागे पनि मतान्तर धेरै छैन।

कुशवाहले अग्रता लिने क्रममा ११४६ मत पाएका छन्। यादवले १११७ मत पाएका छन्।

त्यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाएका छन्।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्