Kathmandu Press

चितवन २ : रविकाे अग्रता कायमै, पछ्याउँदै रामप्रसाद

अहिलेसम्मको परिणामअनुसार रविले १४९२ मत पाएका छन्।
चितवन २ : रविकाे अग्रता कायमै, पछ्याउँदै रामप्रसाद

चितवन, वैशाख ११ : चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता कायम छ।

अहिलेसम्मको परिणामअनुसार रविले १४९२ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ११३३ र तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ७९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहे पनि ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यो क्षेत्रबाट रास्वपाका रवि लामिछाने निर्वाचित भएका थिए तर नागरिकतासम्बन्धी मुद्दामा उनले सांसद पद गुमाएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्