Kathmandu Press

अग्रज नेताका योगदानबारे प्रचारप्रसार आवश्यक : देउवा

सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १००औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अग्रज नेताहरुले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उक्त योगदानका बारेमा पार्टीका नेता कार्यकर्ताहरुले प्रचार प्रसार गर्न आवश्यक रहेको बताए।
अग्रज नेताका योगदानबारे प्रचारप्रसार आवश्यक : देउवा

भक्तपुर, वैशाख ११ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १००औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अग्रज नेताहरुले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उक्त योगदानका बारेमा पार्टीका नेता कार्यकर्ताहरुले प्रचार प्रसार गर्न आवश्यक रहेको बताए।

जगन्नाथ आचार्य जुझारु नेताको रुपमा परिचित रहेको र आचार्यले किसानको क्षेत्रमा गरेको योगदानको उहाले स्मरण गरे।

सभापति देउवाले नेपाल किसानको देश रहेकाले कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा आवाज सवैले उठाउनुपर्ने जिकिर गरे।

त्यस्तै कांग्रेस नेता दुर्लभ थापाले परिवर्तित अवस्थामा अग्रजहरुले देखाएको बाटोलाई अवलम्वन गर्दै कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने बेला आएको बताए।

त्यस्तै अन्य नेताहरुले जगन्नाथ आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो। 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्