Kathmandu Press

तीन दलका शीर्ष नेता छलफलमा

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
तीन दलका शीर्ष नेता छलफलमा

काठमाडाैं, वैशाख ११ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ।

संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच बैठक भइरहेको हो । 

छलफलमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सतेक हितराज पाण्डे पनि सहभागी छन्।

संसदीय समिति गठन, टिआरसी विधेयकबारे चैत २८ गते सभामुखको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको थियो । 

वैशाख ४ मा ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, सभापति देउवा र अध्यक्ष ओलीबीच छलफल भएको थियो । 

त्यसपछि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छुट्टै छलफल गरेका थिए । विभिन्न चरणमा भएको छलफलमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको छ।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्