Kathmandu Press

चितवन २ मा लामिछानेको अग्रता

इच्छाकामना १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन्।
चितवन २ मा लामिछानेको अग्रता

चितवन, वैशाख ११ : चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन्।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।


इच्छाकामना १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन्।

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्