Kathmandu Press

बारा २ : उपेन्द्रलाई उछिनेर शिवचन्द्रले लिए अग्रता

उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका छन्। कुशवाहले अग्रता लिने क्रममा ६२८ मत पाएका छन्। यादवले ५७१ मत पाएका छन्।
बारा २ : उपेन्द्रलाई उछिनेर शिवचन्द्रले लिए अग्रता

बारा, वैशाख ११ : बारा २ मा उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक परिणाम सार्वजनिक हुँदा अघि रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले पछि परेका छन्।

उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका छन्। कुशवाहले अग्रता लिने क्रममा ६२८ मत पाएका छन्। यादवले ५७१ मत पाएका छन्।

त्यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २३६ मत र आम जनता पार्टी (आजपा) का अरुण ज्ञवालीले ७६ मत पाएका छन्।

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्