Kathmandu Press

‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि थपियो

सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन्।
‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि थपियो

काठमाडाैं, वैशाख ११ : रंगकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत मञ्चन भइरहेको छ। 

सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन्। वैशाख १० गते नाटकको नियमित मञ्चन सकिए तापनि तीन दिनका लागि मञ्चन हुने अवधि थप गरिएको छ। नाटक अब सोमबार, मङ्गलबार र बुधबार पनि मञ्चन हुनेछ। 

Hardik ivf

'दर्शकमार्फत प्राप्त प्रतिक्रियाकै आधारमा समय थप गरेका हौं,' निर्देशक बरालले भन्नुभयो। लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको निर्देशक बरालले जानकारी दिए। 

नयाँ नाटक गर्ने छलफलमा गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो। नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायतका कलाकारले अभिनय गर्नुभएको छ।

'ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्‍याएर जुटाउन गाह्रो छ। त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्दैछौं,' निर्माता पराजुलीले भने। नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ। 

नाटकको मञ्चन गएको वर्ष २०७९ चैत १० गतेदेखि सुरु भएको थियो।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्