Kathmandu Press

चितवन २ मा मतगणना जारी, एमालेले लियाे सुरुवाती अग्रता

आइतबार सम्पन्न उपनर्विाचनको मतगणना सोमबार दिउँसो सुरु भएको मतगणनाको पहिलो पटक सार्वजनिक भएको मतपरिणामअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका हुन्।
चितवन २ मा मतगणना जारी, एमालेले लियाे सुरुवाती अग्रता

चितवन, वैशाख ११ : चितवन २ मा जारी मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

आइतबार सम्पन्न उपनर्विाचनको मतगणना सोमबार दिउँसो सुरु भएको मतगणनाको पहिलो पटक सार्वजनिक भएको मतपरिणामअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका हुन्।

इच्छाकामना गाउँपालिका वडा नम्क्बर १ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ३१९ मत पप्त भएको छ। २४४ मत पाएका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ तेस्रो स्थानमा छन्।
 
चितवन २ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुख्य प्रतिस्पर्धी हुन्।

चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहे पनि ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ। यस क्षेत्रमा थिए।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यो क्षेत्रबाट रास्वपाका रवि लामिछाने निर्वाचित भएका थिए तर नागरिकतासम्बन्धी मुद्दामा उनले सांसद पद गुमाएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्