Kathmandu Press

 चितवन २ मा मतगणना सुरु

सर्वदलीय बैठकपपछि  इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो।
 चितवन २ मा मतगणना सुरु

चितवन, वैशाख ११ : चितवन २ मा मतगणना सुरु भएको छ। आइतबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना आज (सोमबार) दिउँसोबाट सुरु भएकाे हो।  

दिउँसो १ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठकले समय लिएका कारण एक घण्टा ढिलो गरी मतगणना सुरु गरिएको हो।

इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको छ। मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन १२ वटा सीसी क्यामेरा राखिएको छ भने गणनास्थल तारजालीले बारिएको छ।

चितवन २ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुख्य प्रतिस्पर्धी हुन्।

चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहे पनि ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ। यस क्षेत्रमा थिए।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यो क्षेत्रबाट रास्वपाका रवि लामिछाने निर्वाचित भएका थिए तर नागरिकतासम्बन्धी मुद्दामा उनले सांसद पद गुमाएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्